Numbers 35:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै मानिस शरण लिने सहरमा भागेर गएछ भने त्यसलाई मुख्य पूजाहारीको मृत्युअघि नै घर फर्कनलाई पैसा तिर्न नदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘शरण-नगरमा भागेर गएको व्यक्तिबाट तिमीहरूले छुटकाराको मोल नलिनू, र प्रधान पूजाहारी नमरुञ्जेल त्यो आफ्नो जग्गामा फर्किन नपाओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘शरण-नगरमा भागेर गएको व्यक्तिबाट छुटकाराको मोल स्वीकार नगर्नू; ताकि प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यो फर्केर आउन र आफ्नो घरमा बस्न नपाओस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै व्यक्तिले कसैलाई मारेर सुरक्षित शहरमा आश्रय लिनु गएको छ भने, त्यो व्यक्ति प्रधान पूजाहारी नमरूञ्जेल सम्म त्यहाँ बस्नै पर्छ, पैसा दिएर त्यो व्यक्ति आफ्नो घर फर्कन सक्तैन।