Numbers 35:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले यसरी आफू बसेका देशलाई अशुद्ध नपार। हत्याले देशलाई अशुद्ध पार्छ। हत्याराको मृत्युले बाहेक हत्या भएको देशलाई शुद्ध गर्ने विधि अर्को छँदैछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिमीहरूले आफू बसेका ठाउँहरू अशुद्ध नपार्नू। किनकि रगतले देश अशुद्ध पार्छ, र रक्तपात गर्नेको रगतले बाहेक अरू कुनै रगतले पनि त्यहाँ रगत बगाएको देशको निम्ति प्रायश्चित गर्न सकिँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरू बसेको ठाउँलाई दूषित नपार्नू। हत्याले देशलाई दूषित पार्छ, र हत्याराको मृत्युको रगतबाहेक हत्या भएको देशका निम्ति अरू कुनै पनि कुराले प्रायश्चित गर्न सकिँदैन।
Nepali ERV (पवित्र बाइबल)
“निर्दोष व्यक्तिहरूको रगतले तिमीहरूको भूमिलाई दोषित नतुल्याऊ। यदि कसैले हत्या गर्छ भने त्यसको औषधी एउटै छ, त्यो हो प्राण दण्ड। अरू कुनै त्यस्तो पथ छैन कि हत्यालाई मुक्त पार्ने।