Numbers 35:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र चारैपट्टि ९०० मिटर क्षेत्रफल भएको चारकुने चोक हुनेछ, जसका बीचमा चाहिँ सहर पर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले सहरको बाहिरपट्टि पूर्वतिर दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्‍चिमपट्टि र उत्तरपट्टि दुई-दुई हजार हात सहरचाहिँ बीचमा पर्ने गरी नाप्‍नू। तिनीहरूका सहरको खर्क यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहरबाहिर सहरलाई केन्द्रमा राखेर पूर्वपट्टि दुई हजार क्यूबिट, दक्षिणपट्टि दुई हजार क्यूबिट, पश्‍चिमपट्टि दुई हजार क्यूबिट र उत्तरपट्टि दुई हजार क्यूबिटको नाप होस्। सहरको लागि यही ठाउँ तिनीहरूले खर्कको रूपमा पाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले शहरहरूलाई माझमा राखी त्यसको पूर्व पट्टि 2000 हात, पश्चिम पट्टि 2,000 हात, उत्तर पट्टि 2,000 हात र दक्षिण पट्टि 2,000 हात गौचर भूमि हुनु पर्छ। तिनीहरूको शहरहरूको निम्ति गौचर भूमि यही हुनेछ।