Numbers 36:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमप्रभु भन्‍नुहुन्‍छ कि सलोफादका छोरीहरूले जसलाई चाहन्‍छन्, तिनीहरूसित विवाह गर्न सक्‍छन् तर तिनीहरूले आफ्‍नै कुलभित्र नै विवाह गर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सलोफादका छोरीहरूका विषयमा परमप्रभुले यो आज्ञा दिनुभएको छ: ‘आफ्‍नो बुबापट्टिका कुलका परिवारसँगको जससँग मन लाग्‍छ त्‍यससँग मात्र तिनीहरूले विवाह गरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले सलोफादका छोरीहरूका निम्ति यस्तो आज्ञा दिनुहुन्छ: तिनीहरूले आफ्ना पिताका पुर्ख्यौली कुलबाट जसलाई पनि आफ्ना राजीखुशीअनुसार विवाह गर्न सक्छन्।
Nepali ERV (पवित्र बाइबल)
सलोफादकी छोरीहरूको सम्बन्धमा परमप्रभुले दिनु भएको आदेशहरू यी हुन, हुन त तिनीहरूले आफूले मन पराएकोसित विवाह गर्न सक्छन्। तर तिनीहरूले आफ्नै पिता-पुर्खाहरूको सन्तान भित्र विवाह गर्नुपर्छ।