Numbers 4:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारी हारूनका छोरा एलाजार सम्पूर्ण पवित्र पाल, पानसका लागि तेल, धूप, अन्नबलि, अभिषेक गर्ने तेल र पवित्र पालका परमप्रभुलाई चढाइएका अरू सबै थोकहरूका निम्ति जिम्मेवार रहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हारून पूजाहारीको छोरो एलाजारको जिम्मामा सुम्पिएका कुराहरू यी नै हुन्: बत्तीको लागि तेल, सुगन्धित धूप, नियमितको अन्नबलि, अभिषेक गर्ने तेल— सिङ्गै पवित्र वासस्थान र त्यसमा भएका सबै सरसामानहरू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“पुजारी हारूनको छोरा एलाजारको जिम्मामा बत्तीको निम्ति तेल, सुगन्धित धूप, नियमित अन्नबलि र अभिषेकको तेल रहनेछ। सम्पूर्ण समागम पाल र त्यसमा भएका हरेक कुराहरूसहित, यसका पवित्र सरसामानहरू र चीजहरू उसको जिम्मामा रहनेछ।”
Nepali ERV (पवित्र बाइबल)
“पूजाहारी हारूनको छोरो एलाजार वत्तीको तेल, सुगन्धित धूप दैनिक अन्नबलि अनि अभिषेक तेलको निम्ति जिम्मावार रहनेछन्। तिनी भेट हुने पाल र त्यसभित्र भएको प्रत्येक कुराको जिम्मावार रहनेछ।”