Numbers 4:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[34-48] परमप्रभुले दिनुभएको आज्ञाअनुसार मोशा, हारून र इस्राएली समाजका मुखियाहरूले कहात, गेर्शोन र मरारी गोत्रका लेवीहरूका जनगणना लिए। त्यो जनगणना तिनीहरूले थर र परिवार-परिवारअनुसार गरे र तीसदेखि पचास वर्षसम्म उमेर पुगेका र परमप्रभुले बास गर्ने पवित्र पालमा सेवा गर्न योग्यका सबै मानिसहरूका नाम तिनीहरूले सूचीमा चढाए। तिनीहरूको सङ्ख्या यस प्रकारको थियो— [गोत्र] — [सङ्ख्या] कहात — २,७५० गेर्शोन — २,६३० मरारी — ३,२०० जम्मा — ८,५८० ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशा, हारून र समुदायका नायकहरूले कहातीहरूलाई आ-आफ्ना वंश र परिवारअनुसार गन्ती गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूलाई तिनीहरूका वंश र परिवारहरूको आधारमा गन्ती गरे।
Nepali ERV (पवित्र बाइबल)
मोशा, हारून अनि इस्राएली मानिसहरूका प्रधानहरूले कहाती मानिसहरूको गन्ती गरे। तिनीहरूले तिनीहरूको वंशहरू र परिवार समूहहरूको गन्ती गरे।