Numbers 4:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई यी तल लेखिएका आदेशहरू दिनुभयो। जब छाउनी उठाउने समय हुन्छ, तब हारून र तिनका छोराहरू पवित्र पालमा गएर करारको सन्दुकको सामुन्ने लाएको पर्दा हटाएर त्यसले सन्दुकलाई ढाक्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छाउनी प्रस्थान गर्दा हारून र त्यसका छोराहरू भित्र गएर छेक्ने पर्दा उतारी गवाहीको सन्दूक त्यसैले ढाकिदेऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब छाउनी सार्नुपर्ने हुन्छ, तब हारून र उसका छोराहरू भित्र गएर छेक्ने पर्दा तल झारून् र साक्षी पाटीको सन्दुकलाई ढाकून्।
Nepali ERV (पवित्र बाइबल)
“जब इस्राएलीहरू नयाँ क्षेत्रमा सर्न तयार हुन्छन्, हारून र तिनका छोराहरूले भेट हुने पाल पर्दा तल झार्नु पर्छ अनि यसले करारको सन्दूकलाई ढाक्नु पर्छ।