Numbers 5:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले केही पवित्र पानी माटोको बटुकोमा लिएर परमप्रभुको पवित्र पालको मझेरीमा भएको केही माटो उठाएर त्‍यस पानीमा हालोस् र पानी तीतो पारोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि पूजाहारीले माटोको भाँड़ामा शुद्ध पानी ल्‍याऊन्, र पवित्र वासस्‍थानको भूइँको अलिकता धूलो लिएर त्‍यस पानीमा हालिदेऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पुजारीले माटोको भाँडामा केही पवित्र पानी लेओस् र समागम पालको भुइँबाट केही धुलो त्यसमा हालोस्।
Nepali ERV (पवित्र बाइबल)
तब पूजाहारीले केही पवित्र पानी माटोको भाँडामा हाल्छन् र त्यस पानीमा भेट हुने पालको भूँईको धूलो हाल्छन्।