Numbers 5:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पूजाहारीले स्त्रीलाई उसले भनेको यो शपथ खान राजी गराओस्— ‘यदि तैँले व्यभिचार गरेकी छैनस् भने यस पानीबाट आउने सरापले तेरो हानि गर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पूजाहारीले त्यस स्त्रीलाई शपथ खान लगाएर यसो भनून्, “यदि कुनै मानिस तँसित सुतेको छैन, र आफ्नो पतिको अधीनमा हुँदा भ्रष्ट चालमा हिँड़ेर तँ अशुद्ध भएकी छैनस् भने, श्राप ल्याउने यो तीतो पानीबाट तँलाई केही हानि नहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पुजारीले त्यस स्त्रीलाई शपथ खान लगाओस् र स्त्रीलाई भनोस्, “यदि अरू कुनै मानिस तँसित सुतेको छैन; र तेरो विवाह तेरो पतिसित भएपछि तँ बरालिएर अशुद्ध भएकी छैनस् भने श्राप ल्याउने यस तितो पानीले तँलाई हानि नगरोस्।
Nepali ERV (पवित्र बाइबल)
“अनि पूजाहारीले त्यस स्त्री मानिसलाई कसम खुवाएर भन्छन् ‘यदि कुनै पुरूषले तिमीसित यौन सम्बन्ध नराखेको भए अनि तिमी यस पुरूषसित विवाह गरे पश्चात बिग्रेकी छैनौ भने तब यस कष्ट ल्याउने पानीले तिमीलाई कुनै नोकसान गर्ने छैन।