Numbers 5:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“डरलाग्‍दो चर्मरोग भएको वा प्रमेह रोग लागेको वा लाश छोएर अशुद्ध भएको कुनै पनि मानिसलाई छाउनीबाट बाहिर निकालिदिनू भनी इस्राएलीहरूलाई आज्ञा गर्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलीहरूलाई छालाको सरुवा रोग भएका, धातुको रोग भएका, र मुर्दा छोएर अशुद्ध भएका जतिलाई छाउनीदेखि बाहिर राख्‍नू भनी आज्ञा गर्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि कसैको छालाको सरुवा रोग अर्थात् कुनै किसिमको धातुको रोग छ, अर्थात् मृत शरीर छोएको कारणले विधिगत रूपमा अशुद्ध छ भने त्यो मानिसलाई छाउनीबाट बाहिर निकालिदिनू भनी इस्राएलीहरूलाई आज्ञा दिनू।
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलका मानिसहरूलाई आज्ञा देऊ कि यदि कसैलाई चर्मरोग अथवा धातु रोग सरेको छ, यदि कोही स्त्री मासिकधर्ममा छ, यदि कसैले मृतशरीरलाई छोएर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलाई छाउनीबाट बाहिर निकाल्नु पर्छ।