Numbers 5:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तेरो नाम तेरा आफ्‍ना मानिसहरूका बीचमा श्रापित पारून्। उहाँले तेरो कोख बाँझो राख्‍नुहुनेछ अनि तेरो गर्भपात गराउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहाँ पूजाहारीले त्‍यस स्‍त्रीलाई श्रापको शपथ खुवाऊन्‌— “परमप्रभुले तेरो जाँघ सुक्‍ने र तेरो पेट सुनिने तुल्‍याउनुहुँदा, उहाँले तँलाई तेरा मानिसहरूका बीचमा श्राप र धिक्‍कारको कारण तुल्‍याऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले त्यस स्त्रीलाई यसरी श्रापको शपथ खुवाओस्, “याहवेहले तेरो कोख बाँझो गराएर र तेरो पेट फुल्न दिएर उहाँले तँलाई तेरा मानिसहरूका बीचमा सरापको कारण तुल्याऊन्।
Nepali ERV (पवित्र बाइबल)
तब पूजाहारीले त्यस स्त्रीलाई श्राप पर्ने कसम खान लाउँछन् र उसले त्यस स्त्री मानिसलाई भन्छन् परमप्रभुले तिमीलाई त्यस्तो श्राप दिऊन् कि जब जब कुनै मानिसले अर्को मानिसलाई सराप्छ उसले भन्नेछ कि जुन भयङ्कर अवस्था त्यस स्त्रीलाई आईलागेको थियो।’ “यही अवस्था तँ माथि पनि आइपरोस्, किनभने तिम्रो अनैतिक कुकृतिले तिम्रो जिउ सुकेर बाँझी हुनेछौ अनि तिम्रो पेट सुनिनेछ।