Numbers 5:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले आफ्‍नो पाप स्‍वीकार गर्नुपर्नेछ र जुन मानिसको विरुद्धमा त्‍यसले अपराध गरेको छ, त्‍यसलाई त्‍यसका निम्‍ति तोकिएको पूरा हर्जाना र अरू त्‍यसको पाँचौँ हिस्‍सा बढ्ता पनि चुक्ता गर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उसले आफ्‍नो पापको स्‍वीकार गर्नुपर्छ। जसलाई उसले बिराएको छ, त्‍यसलाई उसले आफ्‍नो दोषको पूरा हर्जाना र त्‍यसका अझै पाँचौँ हिस्‍सा देओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफूले गरेको पाप मानिलिनुपर्छ। तिनीहरूले गरेका आफ्ना अपराधको लागि पूर्ण हर्जाना तिर्नुपर्छ। त्यसमा पाँचौँ भाग थपेर त्यसले दुर्व्यवहार गरेको व्यक्तिलाई दिनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसकारण उसले गरेको कुकर्म स्वीकार्नु पर्छ अनि उसले लागेका चीजहरूको निम्ति पूरा मोल दिनु पर्छ साथै व्यक्तिको लागि पाँच भागको एक भाग जोडनु पर्छ जसलाई उसले सताए।