Numbers 6:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यसपछि साँढ-भेडाको काँध पानीमा उमालिसकेपछि पूजाहारीले त्यो निकालेर डालोबाट एउटा बाक्लो रोटी र एउटा सानो पातलो रोटी पनि लिई ती सबै नाजिरीको हातमा दिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘त्यसले आफ्नो अर्पणको कपाल खौरिसकेपछि पूजाहारीले भेड़ाको उसिनेको कुम, डालोका एउटा अखमिरी फुरौला र अखमिरी बाबर लिएर त्यस नाजिरीको हातमा राखिदेऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘नाजिरीले तिनीहरूको समर्पण गरिएको केश खौरिसकेपछि पुजारीले तिनीहरूको हातमा भेडाको उसिनेको काँध र डालोबाट अखमिरी नहालेको बाक्लो रोटी र पातलो रोटी दुवै राखिदेओस्।
Nepali ERV (पवित्र बाइबल)
“पूजाहारीले भेडाको उसिनेको कधं र डालोबाट एउटा रोटी र एउटा फुलौरा नाजिरीको हातमा दिऊन्।