Numbers 6:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब ती सबै विशेष भेटीका रूपमा पूजाहारीले परमप्रभुलाई चढाउनेछ। ती पूजाहारीको निम्‍ति पवित्र भेटी हुन्, जुन विधिअनुसार पूजाहारीको भागमा पर्ने साँढ-भेडाका ह्याकुला र साँप्रोमाथि उसले अरू थप पाउनेछ। त्‍यसपछि नाजिरीले मद्यपान गर्न सक्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पूजाहारीले तिनलाई डोलाइने बलिको रूपमा परमप्रभुको सामु डोलाऊन्‌। यी र डोलाइएको ह्याकुलो र चढ़ाइएको साँप्रो पूजाहारीको निम्‍ति पवित्र भाग हुनेछ। त्‍यसपछि त्‍यस नाजिरीले दाखमद्य पिए हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पुजारीले ती थोकहरूलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचालोस्। ती थोकहरू पवित्र छन्; र ती पुजारीका हुन्छन्। उचालिएको ह्‍याकुला र चढाइएको फिला ती पुजारीका हुन्। त्यसपछि नाजिरीले दाखमद्य पिउन सक्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पूजाहारीले ती सब उपहारहरू डोलाउने बलिको रूपमा परमप्रभुको अघि डोलाउन्। मेलबलिका निम्ति चढाइएको भेडाको ह्याकुलो र साँप्रो पनि यी सब चीजहरू सहित पूजाहारीको पवित्र भाग हुन्छ। त्यस पछि त्यो नाजरीले यो दाखरस पिउन सक्छ।