Numbers 6:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यी नियमहरू नाजिरीका निम्‍ति हुन्। तर यदि नाजिरीले आफ्‍नो भाकलअनुसार चाहिएको भन्दा बढी वा ठूलो भेटी चढाउने प्रतिज्ञा गरेको छ भने त्‍यसले सो प्रतिज्ञा ठीक गरी पूरा गर्नुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘नाजिरीले गर्ने भाकलको नियम यही हो। त्‍यसले आफूलाई अर्पण गरेबमोजिम परमप्रभुलाई चढ़ाउने भेटी यी नै हुन्‌। आफूले गरेको भाकल नाजिरीको नियमअनुसार सम्‍पूर्ण रूपले त्‍यसले पालन गर्नुपर्छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘नाजिरीहरूले दिन सक्ने अरू कुराबाहेक तिनीहरूले आफूलाई याहवेहका निम्ति समर्पण गरेअनुसार, तिनीहरूले भाकल गरेको भेटीको विषयमा तिनीहरूका लागि नियम यही हो। नाजिरीको नियमअनुसार तिनीहरूले गरेको भाकल पूरा गर्नैपर्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
“यी नियमहरू नाजिरीले परिपूर्ण गने शपथ हुन्। त्यस व्यक्तिले यी सब चीजहरू परमप्रभुलाई चढाउनै पर्छ। यदि कसैले यस भन्दा अधिकको भाकल गर्छ भने तब उसले आफ्नो वचन राख्नु नै पर्छ। तर उसले यी नियमहरू नाजिरीको निम्ति राख्नु पर्छ।”