Numbers 6:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जबसम्‍म त्‍यसले नाजिरीको भाकल राख्‍दछ, त्‍यसले दाखको बोटबाट पाइने कुनै कुरो— बीयाँ, फल वा बोक्रा केही नखाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जति दिनसम्‍म त्‍यो नाजिरी भएर अलग बस्‍छ, त्‍यसले दाखका बीउदेखि लिएर बोक्रासम्‍म केही नखाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबसम्म तिनीहरू नाजिरी रहने भाकलमा समर्पित हुन्छन्, तबसम्म तिनीहरूले दाखको बोटबाट पाइने कुनै पनि कुरा, अर्थात् अङ्‌गुरको बीयाँ वा छिल्का केही पनि खानुहुँदैन।
Nepali ERV (पवित्र बाइबल)
जबसम्म व्यक्ति नाजिरी रहन्छ, पुरूष अथवा स्त्रीले दाखहरूको बोक्रा अथवा गेडा सम्म खानु हुदैन।