Numbers 7:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आ-आफ्‍ना भेटीहरू हरेक मुखियाको निम्‍ति एउटा गोरु र दुई मुखियाको बीच एउटा गाडाको हिसाबले जम्‍मा बाह्र गोरु र ६ गाडाहरू परमप्रभुकहाँ ल्‍याए। ती भेटीहरू परमप्रभुकहाँ चढाएपछि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले परमप्रभुको सामुन्‍ने छ वटा छोपिएका गाड़ाहरू र बाह्र वटा गोरु, दुई-दुई कुलनायकका निम्‍ति एक-एक गाड़ा र नायकैपिच्‍छे एक-एक गोरुको आ-आफ्‍नो बलि ल्‍याएर पवित्र वासस्‍थानको सामुन्‍ने प्रस्‍तुत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले याहवेहको सामु आफ्ना उपहारस्वरूप छ वटा छोपिएका गाडाहरू र बाह्र वटा गोरुहरू; हरेक एक अगुवाबाट एउटा गोरु र दुई अगुवाहरूबाट एउटा गाडाको हिसाबमा ल्याए। तिनीहरूले ती सबै थोकहरू समागम पालको सामु प्रस्तुत गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले 12 वटा गोरूहरूले तानेर ल्याएको 6 वटा ढाकिएको गाडाहरू परमप्रभुका निम्ति उपहारहरू ल्याए। प्रत्येक दुईजना अगुवालाई तिनीहरूले एउटा गाडा र प्रत्येक अगुवालाई एउटा साँढे दिए। तिनीहरूले यी उपहारहरू पवित्र पालमा चढाए।