Numbers 8:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब लेवीहरूले ती दुई साँढेका शिरमा आफ्‍ना हात राख्‍नेछन् र लेवीहरूका शुद्धीकरणको विधि पूरा गर्न एउटा साँढेले पापबलि र अर्काले होमबलि चढाउनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अनि लेवीहरूले साँढ़ेहरूका शिरमा आ-आफ्‍ना हात राखून्‌। लेवीहरूका निम्‍ति प्रायश्‍चित गर्न एउटा साँढ़े पापबलि र अर्कोचाहिँ होमबलिको रूपमा तैंले परमप्रभुलाई चढ़ा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“लेवीहरूले बहरहरूमाथि आफ्ना हात राखून्। अनि तिनीहरूको पापको प्रायश्‍चितका निम्ति एउटालाई याहवेहका निम्ति पाप शुद्धीकरण बलिको रूपमा र अर्कोलाई चाहिँ होमबलिको रूपमा प्रयोग गर्नू।
Nepali ERV (पवित्र बाइबल)
“लेवीहरूले तिनीहरूको हात बहरको टाउको माथि राख्नुपर्छ र एउटा बहर पापबलिको निम्ति चढाउनु पर्छ र अर्को चाँहि लेवीहरूको प्रायश्चितका निम्ति परमप्रभुलाई होमबलिको निम्ति चढाउनु पर्छ।