Numbers 8:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले इस्राएलीहरूका सबै जेठा छोराहरूका सट्टामा तिनीहरूलाई मागेको छु र ती मेरा मात्र जन हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूमध्‍येबाट तिनीहरू बिलकुलै मलाई अर्पण गरिएका हुन्‌। गर्भको प्रथम फल, अर्थात्‌ इस्राएलीहरूका जेठा-जेठाको सट्टामा मैले तिनीहरूलाई नै लिएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूको तर्फबाट ती लेवीहरूलाई सम्पूर्ण रूपले मलाई दिइनुपर्छ। तिनीहरूलाई जेठाहरूका सट्टामा, अर्थात् प्रत्येक इस्राएली स्त्रीहरूको पहिलो छोराहरूका सट्टामा मैले तिनीहरूलाई लिएको छु।
Nepali ERV (पवित्र बाइबल)
बिगतमा मैले इस्राएली मानिसहरूलाई तिनीहरूबाट जन्मेका पहिलो पुत्रहरू मलाई दिउन् भनी मागेको थिए। तर अहिले इस्राएली मानिसहरूबाट पहिले जन्मेको छोराहरूको सट्टामा म लेवी मानिसहरूलाई लिइरहेकोछु। इस्राएली मानिसहरूले मलाई लेवी मानिसहरू दिनेछन्। मैले तिनीहरूलाई मेरो लागि लिएको छु।