Numbers 8:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि त्यसले आफ्नो लेवी सङ्गीहरूलाई पवित्र पालको सेवाकार्य पूरा गर्ने काममा सहायता दिन सक्छ तर त्यो आफैंले कुनै सेवा गर्न पाउनेछैन। यसरी तैँले लेवीहरूले गर्ने कार्यको व्यवस्था मिलाउनू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कामकाज कायम राख्नलाई आफ्ना दाजुभाइलाई भेट हुने पालमा सहायता गर्दैरहून्, तर कामचाहिँ नगरून्। लेवीहरूका कामको जिम्माको विषयमा तैंले यसै गर्नू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना दाजुभाइहरूलाई भेट हुने पालमा तिनीहरूका काममा सहायता दिन सक्छन्। तर तिनीहरू आफैँले चाहिँ काम गर्नुहुँदैन। यसकारण तैँले लेवीहरूको उत्तरदायित्व यसरी नै जिम्मा दिनू।”
Nepali ERV (पवित्र बाइबल)
पचास वर्ष अथवा त्यो भन्दा अधिक उमेरका मानिसहरूले भेट हुने पालको सेवा कार्यमा तिनीहरूका दाज्यू-भाइहरूलाई सहायता गर्नु सक्छन्। तर तिनीहरूले भारी काम गर्नु हुँदैन। यस्तो प्रकारले तिमी लेवीहरूलाई काममा खटाउनु पर्छ।”