Numbers 9:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जो अशुद्ध छैन वा टाढा यात्रामा छैन र पनि त्यसले निस्तारचाड मनाएन भने त्यसलाई फेरि मेरो प्रजा हो भनी मानिनेछैन किनभने त्यसले तोकिएको समयमा मलाई भेटी चढाएन। त्यसले आफ्नो पापको फल भोग्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जो मान्छे शुद्ध छ, र यात्रामा पनि छैन, त्यसले निस्तार-चाड़ मानेन भने त्यस्तो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्, किनभने त्यसले तोकिएको समयमा परमप्रभुको निम्ति आफ्नो बलि चढ़ाएन। त्यस मानिसले आफ्नो पापको दण्ड भोगोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि कोही विधिपूर्वक शुद्ध छ र यात्रामा पनि गएको छैन भने त्यस मानिसले निस्तार चाड मनाएन भने, र त्यसले तोकिएको समयमा याहवेहको भेटी चढाएन भने त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरून्। त्यसले आफ्नो पापको प्रतिफल भोग्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तर यदि कुनै मानिस शुद्ध छ अनि टाडा पनि गएको छैन अनि अझ उसले निस्तार चाड मनाउँदैन भने, रातको समयमा उसले परमप्रभुलाई बलिदान नचढाएको खण्डमा उसलाई उसको मानिसहरूबाट बहिष्कार गर्नु पर्छ। त्यस्तो व्यक्तिले उसको पापको निम्ति दण्ड पाउनेछ।