Numbers 9:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूका माझमा बास गर्ने विदेशीहरूले निस्तार-चाड मनाउन चाहन्छन् भने तिनीहरूले सारा व्यवस्था र नियमहरू मान्नुपर्नेछ। विदेशी वा स्वदेशी सबैलाई एउटै नियम लागू हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यदि तिमीहरूका बीचमा कुनै विदेशीले प्रवास गरेको छ, र त्यसले परमप्रभुको निम्ति निस्तार-चाड़ मान्न खोज्छ भने, त्यसले निस्तार-चाड़का नियम र विधिअनुसार त्यो मनाओस्। विदेशी र स्वदेशीको निम्ति तिमीहरूको एउटै नियम होस्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूसँग बासोबास गर्ने विदेशीले पनि याहवेहको निस्तार चाड मनाउन चाहन्छ भने तिनीहरूले पनि सबै नियम र विधिअनुसार मनाउनुपर्छ। विदेशी होस् वा स्वदेशी, तिमीहरू सबैका निम्ति एउटै नियम लागू हुनैपर्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै विदेशी तिमीहरूसित स्थायी रूपले बसोबास गरिरहेको छ अनि उसले पनि निस्तार चाड मनाउन चाहन्छ भने उसले मनाउन सक्छ, तर त्यस व्यक्तिले निस्तार चाडको नियम पालन गर्नु पर्छ। त्यो प्रत्येकको निम्ति नियम हो।”