Numbers 9:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब त्यो बादल सर्दथ्यो, इस्राएलीहरूले छाउनी उठाउँथे र जुन ठाउँमा त्यो बादल बस्दथ्यो, त्यहाँ फेरि छाउनी हाल्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब-जब पालमाथिबाट बादल हट्थ्यो, तब-तब इस्राएलीहरू प्रस्थान गर्थे, र जुन ठाउँमा बादल अड़िन्थ्यो, त्यहीँ नै इस्राएलीहरूले पाल टाँग्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जहिले-जहिले त्यो बादल समागम पालबाट उठ्थ्यो, तब इस्राएलीहरू प्रस्थान गर्थे। जब बादल अडिन्थ्यो, तब इस्राएलीहरूले पाल टाँग्ने गर्थे।
Nepali ERV (पवित्र बाइबल)
जब पालमाथिको बादल सर्थ्यो इस्राएली मानिसहरू पनि हिंडथे र जब बादल पालमाथि अडिन्थ्यो ती मानिसहरूले त्यहीं शिविर हाल्थे।