Obadiah 1:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शत्रुहरूले तिनीहरूका ढोकाहरू भत्‍काउँदा तँ परै उभिरहिस्। त्‍यो दिन तँ ती विदेशीहरूजस्‍तै दुष्‍ट भइस्, जसले यरूशलेमको धन-सम्‍पत्ति खोसी लगे र आपसमा बाँडचुँड गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन दिन तँ टाढ़ै उभिइस्, जुन दिन परदेशीहरूले त्‍यसका धन-सम्‍पत्ति खोसेर लगे, र विदेशीहरूले त्‍यसका ढोकाहरूबाट भित्र पसेर यरूशलेमको निम्‍ति चिट्ठा हालेथे, तँ तिनीहरूजस्‍तै थिइस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन दिन तँ टाढै उभिएर हेरिरहेको थिइस्, त्यसै बेला विदेशीहरू त्यसको ढोकाभित्र पसे; अनि विदेशीहरूले त्यसका धनसम्पत्तिहरू खोसेर लगे र यरूशलेमको निम्ति चिट्ठा हाले; त्यस दिन तँ पनि तिनीहरूमध्ये एउटाजस्तै थिइस्।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय तिमी सहायता बिना अर्को पट्टि हुनेछौ। अपरिचितले याकूबको भण्डार लिएर गयो। विदेशीहरू इस्राएल शहरको दैलोबाट पस्यो, ती विदेशीले चिट्ठा राखेर निश्चय गरे कि तिनीहरूले यरूशलेमको कुन चाँहि भाग लिने। त्यससमय तिमी चाँहि अर्को तिर उभिरहेको थियौ।