Obadiah 1:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भागी जानेहरूलाई पक्रन तैँले दोबाटोमा ढुक्‍नुपर्ने थिएन। तिनीहरूले कष्‍ट पाएको दिन तिनीहरूलाई पक्रेर तैँले शत्रुका हातमा दिनुपर्ने थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका भागेर गएकाहरूलाई मार्न तँ दोबाटोमा पर्खिरहनु हुँदैनथ्‍यो, न त त्‍यसका दु:खको दिनमा त्‍यसका बाँचेकाहरूलाई तैंले पक्राइदिनु हुन्‍थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले तिनीहरूका भाग्नेहरूलाई काटेर ढाल्न चौबाटोमा ढुकेर बसिरहनु हुँदैनथ्यो, न त तिनीहरूका सङ्कटको दिनमा तिनीहरूका बाँचेकाहरूलाई पक्राइदिनु नै हुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
तिमी दोबाटोहरूमा उसको जीवन बचाउँने चेष्टा गर्दै भगुवालाई रोक्न उभिनु हुँदैन थियो, तिमीले उसको बाँचेकाहरूलाई दुःखको दिनमा उसको हातमा सुम्पिनु हुँदैन थियो।