Obadiah 1:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो प्रजाले मेरो पवित्र डाँडामा दण्‍डको तीतो कचौराबाट पिएको छ। तर चारैपट्टिका जातिहरूले त्‍योभन्दा अझ ठूलो दण्‍डको कचौराबाट पिउनेछन् र पिइसकेपछि तिनीहरू लोप हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी तैंले मेरो पवित्र डाँड़ामा पिइस्, त्‍यसरी नै सबै जाति-जातिहरूले पनि सधैँभरि पिउनेछन्‌। तिनीहरूले पिइरहनेछन्, र कहिल्‍यै नभएजस्‍तै हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी यहूदाका मानिसहरूले मेरो पवित्र पर्वतमा तितो कचौरा पिए, त्यसरी नै सबै राष्ट्रहरूले तितो कचौरा पिइरहनेछन्। तिनीहरूले निरन्तर पिउनेछन्, र पिइरहनेछन्; अनि तिनीहरू कहिल्यै नभएझैँ गरेर लोप हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
किनकि जसरी तिमीले पवित्र पहाडमा दाखरस पिएर खुशी मनायौ, त्यसरी नै सबै अन्य जातिहरूले निरन्तर मेरो दण्ड पिउँनेछन् अनि उनीहरू सबै लोप भएर जानेछन्।