Obadiah 1:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूब र योसेफका सन्‍तानहरू आगोको ज्‍वालाझैँ बन्‍नेछन्। अन्‍न काटेपछि जमिनमा नै छोडिएको डाँठको टुक्रालाई आगोले स्‍वाहा पारेझैँ, तिनीहरूले एसावको वंशलाई स्‍वाहा पार्नेछन्। एसावका कुनै सन्‍तान बाँच्‍नेछैन, म परमप्रभुले बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबको घराना आगो हुनेछ र योसेफको घराना एक ज्‍वाला बन्‍नेछ, र एसावको घरानाचाहिँ ठोसा-मोसा हुनेछ। यिनीहरूले त्‍यसलाई आगोमा सल्‍काएर भस्‍म पार्नेछन्‌। एसावको घरानाबाट बाँचेको एउटै पनि हुनेछैन।” परमप्रभुले यसै भन्‍नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोबको घराना आगोजस्तै हुनेछ, र योसेफको घराना ज्वालाजस्तै हुनेछ; एसावको घराना डाँठको ठोसाजस्तै हुनेछ; अनि तिनीहरूले यसमा आगो लगाउनेछन्, र यसलाई भस्म पार्नेछन्। एसावको घरानाबाट एउटै पनि जीवित रहनेछैन।” याहवेहले यसो भन्‍नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
याकूबको कुल बल्दै गरेको आगो जस्तै हुनेछ। यूसुफको घर आगोको ज्वाला जस्तै हुनेछ। तर एसावको देश चाँहि अँगार जस्तै हुनेछ। यहूदाका मानिसहरूले एदोमको मानिसहरूलाई नष्ट पार्नेछन्। एसावको राष्ट्रमा कोही पनि बाँच्नेछैन।” किनभने परमप्रभु परमेश्वरले यसो भन्नु भएकोछ।