Obadiah 1:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“नेगेवका मानिसहरूले एदोममा अधिकार गर्नेछन्। पश्‍चिमको पहाडको फेदीमा बास गर्ने मानिसहरूले पलिश्‍त देशमा अधिकार गर्नेछन्। इस्राएलीहरूले एफ्राइम र सामरियाका ठाउँहरू अधिकारमा लिनेछन्। बेन्‍यामीनका मानिसहरूले गिलाद कब्‍जा गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नेगेवका मानिसहरूले एसावका डाँड़ाहरू अधिकार गर्नेछन्, र डाँड़ाका फेदीका मानिसहरूले पलिश्‍तीहरूको देश अधिकार गर्नेछन्‌। तिनीहरूले एफ्राइम र सामरियाका खेतबारीहरू पनि अधिकार गर्नेछन्, र बेन्‍यामीनले चाहिँ गिलाद अधिकार गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दक्षिणका मानिसहरूले एसावका पर्वतहरू कब्जा गर्नेछन्, र पहाडको फेदीमा बसेका मानिसहरूले पलिश्तीहरूका देशलाई अधिकार गर्नेछन्। तिनीहरूले एफ्राइम र सामरियाका भूमिहरू कब्जा गर्नेछन्; अनि बेन्यामीनले गिलादमाथि अधिकार गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तब नगेवका मानिसहरूले एसावको पहाडहरू अधिकार गर्नेछन् र बेंसीकाहरूले पलिश्तीको भूमिहरूमा अधिकार गर्नेछन्। यहूदाका मानिसहरूले एप्रैम र सामरियाको भूमिहरूमा अधिकार गर्नेछन् र बिन्यामीनले गिलादलाई अधिकार गर्नेछ।