Obadiah 1:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो घमण्डले तँलाई धोका दिएको छ। चट्टानको किल्लाबीच तेरो राजधानी छ, तेरो घर अग्लो पहाडमाथि छ। यसैले तँ आफ्नो मनमा भन्छस्, ‘कसले मलाई तल खसाल्न सक्ला र?’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ। तँ चट्टानका ध्वान्द्राहरू र अल्गा-अल्गा ठाउँमा बस्ने, ‘मलाई तल जमिनमा खसाल्न कसले सक्छ?’ भनी तँ आफ्नो मनमा भन्छस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो हृदयको अहङ्कारले तँलाई धोका दिएको छ। तँ चट्टानका धाँदाहरूमा बास बस्छस्, र आफ्ना घर अल्गा-अल्गा स्थानहरूमा बनाउँछस्। तैँले मनमनै आफूलाई भन्छस्, ‘मलाई भुइँमा कसले झार्न सक्छ?’
Nepali ERV (पवित्र बाइबल)
तिम्रो आफ्नो घमण्डले तिमीलाई धोका दिएकोछ। तिमी अग्लो पहडहरूको गुफामाहरू बस्नेछौ। तिम्रो घर पहाको अग्लाईमा छ र तिमी आफ्नो मनमा भन्छौ कि ‘मलाई कसैले पनि तल जमीनमा खसाल्न सक्तैंन।’”