Philemon 1:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसको साथसाथै अर्को कुरो, तिमीहरूको प्रार्थनाले म पनि तिमीकहाँ आउन पाऊँला भन्‍ने आशा राखेको छु र मेरो लागि पनि बस्‍ने ठाउँ मिलाइदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साथै मेरो निम्‍ति एउटा पाहुना-कोठा ठीक पारी राखिदेऊ, किनकि तिम्रो प्रार्थनाद्वारा म पनि तिमीकहाँ आउन पाउँछु कि भन्‍ने आशा गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अझ अर्को कुरा, मेरा निम्ति एउटा पाहुनाकोठा तयार गरिराख; किनकि तिम्रो प्रार्थनाको उत्तरमा मैले तिमीकहाँ आइपुग्ने आशा राखेको छु।
Nepali ERV (पवित्र बाइबल)
दया गरी मलाई बस्नको लागि एउटा कोठा व्यवस्था गरी देऊ। म आशा गर्छु कि परमेश्वरले तिम्रो प्रार्थना सुन्नेछन् अनि म तिमीकहाँ आउन सक्नेछु।
Nepali Tamang 2011
ओच्‍छे अर्गु ताम चा ङाला लागिरीनोन कोठा गिक ठीक लसी थान्‍गो। तिग्‍दा भिसम एला प्रार्थनासे लमा ङाएनोन ए मुबा ग्‍लारी खम्‍याङ्ला वा भिसी आश लबा मुला।