Philemon 1:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो विश्वासको संगतिले हामी ख्रीष्टमा रहँदा हामीमा हुने सबै असल कुरालाई गहिरोसँग बुझ्ने शक्ति देओस् भनी प्रार्थना गर्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म प्रार्थना गर्दछु कि तिम्रो विश्वासको सहभागिताले ख्रीष्टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ख्रीष्टमा भएको हाम्रो प्रत्येक असल कुराको विषयमा तिमीलाई पूरा ज्ञान होस् भनेर तिम्रो विश्वासको बाँडचुँडमा तिमी सक्रिय बन भन्दै म प्रार्थना गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
म प्रार्थना गर्छु कि तिमीले हामीसित सहयोग गरेको विश्वासले ख्रीष्टमा भएको हाम्रा हरेक असल कुरो गहनपूर्वक बुझ्नमा तिमीलाई सहायता दिनेछ।
Nepali Tamang 2011
एला विश्वाससे ख्रीष्टदेन छ्याम गिक तबा य्हाङला जम्मान ज्यबा तामगदे अझ घोबारी ज्ञान बुद्धि पिन्गै भिसी ङाइ परमेश्वरदेन छ्याम प्रार्थना लमुला।