Philippians 1:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो भए मात्र तिमीहरूले सबैभन्दा राम्रो कुरोलाई छुट्याउन सक्‍नेछौ अनि ख्रीष्‍ट आउँदा तिमीहरू पवित्र र निर्दोष हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्‍टको दिनको निम्‍ति शुद्ध र दोषरहित रहन सक।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस उद्देश्यले कि तिमीहरूले जे उत्तम छ, त्यो छुट्याउन सक; ताकि ख्रीष्‍टको पुनरागमनमा तिमीहरू शुद्ध र दोषरहित रहन सक।
Nepali ERV (पवित्र बाइबल)
म प्रार्थना गर्छु कि तिमीहरू असल र खराबको भेद छुट्टयाउन योग्य होऊ, अनि के असल हो, चुन्नु योग्य होऊ ताकि ख्रीष्ट येशू जुन दिन आउँनु हुन्छ तिमीहरू पवित्र औ दोषरहित हुन सक्छौ।
Nepali Tamang 2011
चुह्रङ् लजी भिसम एनीगदेसे जम्‍मान भन्‍दा ज्‍यबा ताम तिग हिन्‍ना, थे फेबारी खम्‍ला। ओच्‍छे ख्रीष्‍ट फेप्‍खबा धुइला लागिरी एनीगदे तिगै दोष आरेबा चोखो म्‍हि दोला।