Philippians 1:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जेसुकै होस्, यस बारेमा म त खुसी छु। चाहे राम्रो मनले होस्, चाहे नराम्रो मनले, जसरी भए पनि ख्रीष्‍टकै प्रचार हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जे होस्, मूल कुरो यही हो— हरकिसिमले, चाहे बहानामा, चाहे सत्‍यमा ख्रीष्‍टको प्रचार गरिओस्, र यसैमा म रमाउँछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर के भयो त? महत्त्वपूर्ण कुरा यही नै हो, चाहे खराब मनसायले होस् वा सत्यतामा होस्, जुनसुकै तरिकाले भए तापनि ख्रीष्‍ट नै प्रचारिनुहुन्छ। यसैकारणले म आनन्दित हुन्छु। हो, म निरन्तर आनन्दित हुनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मलाई कष्टमा पारे तापनि म पर्वाह र्गदिनँ। तिनीहरूले पनि मानिसहरूलाई ख्रीष्टबारे सुनाउँदैछन्, त्यही महत्वपूर्ण कुरा हो। म चाहन्छु तिमीहरूले प्रचार नै गरून्। म चाहन्छु कि तिनीहरूले राम्रो उदेश्यले यसो गरून। यदि यो खराब भावनाले भएता पनि म खुशी नै छु कारण तिनीहरूले ख्रीष्ट विषयमा नै प्रचार गर्छन्। अनि म खुशी नै भइरहन्छु।
Nepali Tamang 2011
ज्‍यबा सेमसे लसै आज्‍यबा सेमसे लसै ठीकनोन मुला, जस्‍तो लसीन ख्रीष्‍टला बारेरी पाङ्सी भ्रतोःबा हिन्‍ना। चु तामरी ङा ल्‍हानान ताङ्‍बा मुला।