Philippians 1:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो कर्तव्‍यबाट नचुकूँ तर जुनै समय पनि विशेषगरी अहिले म आँटिलो बनेर मरे पनि, बाँचे पनि मेरा सम्‍पूर्ण जीवनले ख्रीष्‍टको आदर होस् भन्‍ने मेरो ठूलो इच्‍छा र आशा छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो उत्‍कट प्रतीक्षा र आशा यो हो, कि म कदाचित्‌ लज्‍जित हुनेछैनँ, तर ममा प्रशस्‍त साहस हुनेछ, र सधैँझैँ अहिले पनि मेरो शरीरमा ख्रीष्‍ट सम्‍मानित हुनुहुनेछ, चाहे मृत्‍युद्वारा होस्, अथवा जीवनद्वारा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म उत्कट इच्छा र आशा गर्दछु, म कदापि शर्ममा पर्नेछैनँ; तर मसँग प्रशस्त साहस हुनेछ, ताकि चाहे जीवनद्वारा होस् वा मृत्युद्वारा, सदाझैँ मेरो शरीरमा ख्रीष्‍ट उच्‍च पारिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मेरो दृढ इच्छा अनि आशा त्यो हो कि कुनै कुरोमा पनि म ख्रीष्टलाई भुल्ने छैन। म संधै आशा गर्दछु जब सम्म म यस शरीरमा रहनेछु ख्रीष्टको महानता देखाउनु अहिले ठुलो आँट पाउनेछु। म मरुँ अथवा जिउँदै रहँु यो काम गरि रहनेछु।
Nepali Tamang 2011
ङाइ सेमहेन्‍सेन घ्रेन आश लसी चिबा मुला, ङाइ लतोःबा जम्‍मान गेरी ङा खाइमै पेःआतोः। तर ङादेन छ्‌याम ल्‍हानान आँट मुला। ओच्‍छे ङा सिसै सोसै सदाला ह्रङ् लसीन ङाला चु ज्‍यानसे ख्रीष्‍टलान मान लला।