Philippians 1:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म यस शरीरमा बाँचेर अझै राम्रो काम हुने भए मर्ने या बाँच्‍ने, सो छान्‍न मलाई गाह्रो पर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि शरीरमा नै जिउनु हो भने मेरो निम्‍ति त्‍यो फलदायी परिश्रम हुनेछ। तर पनि मैले कुनचाहिँ चुन्‍नुपर्ने हो, त्‍यो म भन्‍न सक्‍दिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि म शरीरमा नै जिइरहनुपर्ने हो भने यसको अर्थ मेरो निम्ति फलदायी परिश्रम हुनेछ। तापनि मैले के रोज्ने त? सो म जान्दिनँ!
Nepali ERV (पवित्र बाइबल)
यदि म शरीरमा बाँचिरहे म प्रभुकोलागि काम गरिरहनेछु। तर कुन छानुँ-जीवन कि मरण? म भन्न सक्दिनँ।
Nepali Tamang 2011
ङाला चु ल्‍हुइ सोतेधोना ङाइ अझ ज्‍यबा गे लला। तर ङा सिबा कि सोबा चु न्‍ही न्‍हङरी खजिबा चा धम्‍तोःबा थे ताम ङादा था आरे।