Philippians 1:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुख्य कुराचाहिँ यही नै हो, ख्रीष्टको सुसमाचारलाई सुहाउने तिमीहरूको चालचलन होस्। यसकारण मैले तिमीहरूलाई भेटे पनि, नभेटे पनि तिमीहरू एउटै उद्देश्य लिई स्थिर भएर एउटै इच्छामा सुसमाचारको विश्वासको निम्ति लड्दै छौ भन्ने मैले सुन्न पाँऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केवल तिमीहरूका जीवनको चाल ख्रीष्टका सुसमाचारको योग्य होस्। म चाहे आएर तिमीहरूलाई देखूँ, चाहे अनुपस्थित रहूँ, म तिमीहरूका बारेमा यही कुरा सुन्न चाहन्छु, कि तिमीहरू एउटै आत्मामा दृढ़ बनी खड़ा भएका छौ, र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जेसुकै आइपरे तापनि तिमीहरूका चालचलन ख्रीष्टको सुसमाचारको योग्य होस्। तब चाहे म आएर तिमीहरूलाई देखूँ, अथवा अनुपस्थित रहेर तिमीहरूका बारेमा सुनूँ, म यही कुरा थाहा पाउन चाहन्छु, कि तिमीहरू एउटै आत्मामा दृढ भई खडा छौ, र सुसमाचारको विश्वासको निम्ति एउटै मनका भई मिलेर परिश्रम गर्दछौ।
Nepali ERV (पवित्र बाइबल)
होशियारी हौऊ कि तिमीहरूको जीवन ख्रीष्टको सुसमाचारसित मिल्दो होस्। तब मात्र म तिमीहरूकहाँ आए पनि, तिमीहरूदेखि टाडै बसे पनि तिमीहरू बारे राम्रै कुरा सुन्नेछु। तिमीहरू एउटै उद्देश्य लिएर अघि बढदैछौ र सुसमाचारबाट रहेको विश्वासको निम्ति एक भएर काम गर्दैछौ भन्ने म सुन्नेछु।
Nepali Tamang 2011
मुल ताम चा चुनोन हिन्ना, जे तसैनोन एनीगदेला बानीबेहोर ख्रीष्टला थार्बा पिन्बा समाचार अन्छार ततोःला। थेतबासेलमा ङा एनीगदेदेन छ्याम ह्रुप तसै आतसै थार्बा पिन्बा समाचाररी स्य्हान्दो म्हिगदेसे विश्वास लगै भिसी एनीगदे सेम गिक तसी ढिक्सी दुख लबान गे लबा मुला भिबा ताम ङाइ थेःम्याङ्गै।