Philippians 1:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले तिमीहरूमा सुरु गर्नुभएको राम्रो काम येशू ख्रीष्टको राज्य नआएसम्म परमेश्वरले नै सम्हाल्नुहुनेछ। यसमा मेरो पूरा विश्वास छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई यो दृढ़ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरामा दृढ भरोसा छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले नै ख्रीष्ट येशूको पुनरागमनसम्म त्यो काम पूरा गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशू आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु।
Nepali Tamang 2011
परमेश्वरसे एनीगदेला गुङरी शुरु लबा ज्यबा गे येशू ख्रीष्ट फेप्खबा धुइधोनारी थेसेन पूरा लला भिबा ताम ङादा पूरा विश्वास मुला।