Philippians 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई सधैँ मैले आफ्‍नै हृदयमा राखेको छु। तिमीहरूको बारेमा यस्‍तै विचार गर्न मलाई ठीक लाग्‍यो किनभने अहिले म थुनामा हुँदा र बाहिर हुँदा पनि तिमीहरूले मलाई सुसमाचार फैलाउन र यसलाई जोगाउन परमेश्‍वरले दिनुभएका यी सबै अनुग्रहमा तिमीहरू मसँग सहभागी भएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू सबैका निम्‍ति मैले यसो ठान्‍नु उचित छ, किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्‍तछु, किनकि मेरो कैदमा र सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू सबैका विषयमा यस्तो महसुस गर्नु मेरो लागि उचित छ; किनकि मैले मेरो हृदयमा तिमीहरूलाई राखेको छु; त्यसैले चाहे म कैदमा रहँदा होस् वा सुसमाचारको समर्थन र प्रतिरक्षा गर्दा होस्, यसमा मसँगै तिमीहरू सबै परमेश्‍वरको अनुग्रहमा सहभागी भएका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू मेरो हृदयमा भएकोले, मलाई लाग्छ तिमीहरूको विषयमा यस्तो सोच्नु म ठिकै छु। तर जब सुसमाचारको सत्यताको प्रमाण दिदैं र रक्षा गर्दै म जेलखानामा छु, तिमीहरू यो काम गर्ने आशीर्वादमा मसँग सहभागी छौ।
Nepali Tamang 2011
ङाइ एनीगदेला बारेरी चुह्रङ्बा ताम म्‍हन्‍बाएनोन ठीक हिन्‍ना। एनीगदे सदन ङाला सेमरी मुला। तिग्‍दा भिसम ङा झ्‍याल्‍खानरी मुबा धुइरीनोन ओच्‍छे थार्बा पिन्‍बा समाचार जोगब लबारीदेन स्‍य्‍हान्‍दो म्‍हिगदेदा थेःना लबा चु गे न्‍हीरीन परमेश्‍वरला दयामायारी एनीगदेसे सेम गिक लसी ङादा ह्रो लबा मुला।