Philippians 2:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के ख्रीष्‍टमा भएको तिमीहरूको जीवनले तिमीहरूलाई हौसला दिएको छ? उहाँको प्रेमले तिमीहरूलाई सान्‍त्‍वना दिएको छ? तिमीहरूले पवित्र आत्‍माको संगति गर्छौ? के तिमीहरू एक-अर्कालाई दया र माया गर्छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि ख्रीष्‍टमा केही प्रोत्‍साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्‍माको केही सङ्गति, केही स्‍नेह र सहानुभूति छ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यदि ख्रीष्‍टसँगको एकतामा तिमीसँग केही प्रोत्साहन, उहाँको प्रेमबाट केही सान्त्वना, पवित्र आत्मामा केही साझा भाग, केही स्‍नेह र सहानुभूति छ भने,
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीहरूलाई ख्रीष्टमा केही गर भन्न सक्नु पर्ने केही छ? के तिमीहरूको मायाले तिमीहरूलाई मलाई सुख देऊ भन्छ? तिमीहरू आत्मामा हामीसँग सहभागी हुन्छौ? तिमीहरूमा कृपा र दया छ?
Nepali Tamang 2011
तिग ख्रीष्‍टदेन छ्‌याम गिक तबासे लमा एनीगदेसे आँट याङ्बा मुला? ओच्‍छे तिग थेला मायासे एनीगदेसे ह्रो याङ्बा मुला? तिग परमेश्‍वरला आत्‍मादेन छ्‌याम संगती लबा मुला? तिग एनीगदेसे ह्राङ ह्राङ न्‍हङरी सेमहेन्‍सेन दया लबा मुला?