Philippians 2:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण प्यारा दाजुभाइहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले सधैँ मेरा कुराहरू मान्यौ, अहिले म टाढा हुँदा पनि तिमीहरूले मेरा कुराहरू मान्न झन् खाँचो छ। तिमीहरूले डरले काम्दै आफूले पाएको मुक्तिलाई व्यवहारमा लेओ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरेजस्तो होइन, तर अब झन् बढ़ी मेरो अनुपस्थितिमा डर र कम्पसाथ तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैले मेरा प्रिय मित्रहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले मेरा शिक्षाहरू सधैँ पालन गरेका थियौ। अहिले म तिमीहरूदेखि टाढा छु; यसैले यो अझ महत्त्वपूर्ण छ। परमेश्वरमा आज्ञाकारी भई गहिरो भक्ति र भयका साथ आफ्नो मुक्तिका परिणामहरू देखाउन कडा परिश्रम गर।
Nepali ERV (पवित्र बाइबल)
मेरा प्रिय साथीहरू! तिमीहरूले सँधै भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर।
Nepali Tamang 2011
ङाला सेम निबा ह्रोगदे, ङा एनीगदेदेन छ्याम मुबा धुइरी एनीगदेसे ङाइ पाङ्बा ताम ङ्यान्मुबा। दान्दे ङा एनीगदेदेन छ्याम आरेमा झन ङाइ पाङ्बा ताम ङ्यान्बा चा घ्रेन ताम हिन्ना। परमेश्वर म्राङ्सी लोङ्गो ओच्छे थेदा मान लसी एनीगदेसे याङ्बा थार्बा अन्छारला गे लउ।