Philippians 2:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले चढाएको विश्‍वासको बलिदानमा मेरो पनि रगत बलिदान स्‍वरूप बहे पनि यसमा म खुसी छु र मेरो खुसीयाली मा तिमीहरू पनि सहभागी होओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिमीहरूका विश्‍वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्‍दित छु, र तिमीहरू सबैसँग म रमाउँछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तिमीहरूको विश्‍वासबाट आएको सेवा र बलिदानमा म अर्घबलिको रूपमा बलि हुनुपरे तापनि म सबैसँग खुशी र आनन्दित हुन्छु।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका विश्वासाबाट तिमीहरूको जीवनलाई परमेश्वरको सेवामा एक बलि हुनेछ। तिमीहरूको बलि पूर्ण गराउनु मैले आफ्नो रगत दिनु पर्छ भने पनि म तिमीहरू जम्मैसित खुशी अनि आनन्दमयी हुनेछु।
Nepali Tamang 2011
ओच्‍छे एनीगदेला विश्‍वासग्‍याम एनीगदेला ल्‍हुइ परमेश्‍वरदा फुल्‍बा बलि ह्रङ्‌बान दोबा मुला। ङाला ल्‍हुइएनोन एनीगदेला ल्‍हुइदेन छ्‌याम बलि ह्रङ् लसी फुल्‍तोःसैनोन ङा ताङ्ला। ओच्‍छे एनीगदे जम्‍मानदेन छ्‌याम ङा सेमहेन्‍सेन ताङ्ला।