Philippians 2:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले हाम्रा भाइ इपाफ्रोडिटसलाई तिमीहरूकहाँ पठाउने आवश्‍यकता देखें। हामी दुवैले सँगै काम गर्‍यौं र सुसमाचार सुनाउने लडाइँमा पनि सँगै लड्यौं। उनी तिमीहरूकै दूत हुन्, जसलाई मेरो सहायताको निम्‍ति तिमीहरूले पठाएका थियौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इपाफ्रोडिटस, जो मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही तथा तिमीहरूले पठाएका दूत र मलाई खाँचो पर्दा सेवा गर्ने हुन्, तिनलाई तिमीहरूकहाँ पठाउन आवश्‍यक ठानेको छु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही इपाफ्रोडिटस, जसलाई तिमीहरूले मेरा खाँचोहरूमा वास्ता गर्नलाई पठाएका तिमीहरूका दूत पनि हुन्, तिनलाई तिमीहरूकहाँ फेरि फर्काएर पठाउन मैले आवश्यक ठानेको छु।
Nepali ERV (पवित्र बाइबल)
इपाफ्रोडाइटस ख्रीष्टमा हुने मेरा भाइ हुन्। ख्रीष्टको दलमा उनी पनि मसित काम र सेवा गर्छन्। जब मलाई सहायताको खाँचो परेको थियो, तिमीहरूले उसलाई मकहाँ पठाइदियौ। अब उसलाई तिमीहरू भएकोमा नै पठाइदिनु पर्छ भन्ने विचार गर्दैछु।
Nepali Tamang 2011
एनीगदेसे ङादा ह्रो लबाला लागिरी पुइखबा प्रभुरी ङाला आले, ङादेन छ्‌याम ढिक्‍सी प्रभुला गे लबा ओच्‍छे ङादा ह्रो लबा ख्रीष्‍टला सिपाही इपाफ्रोडिटसदा एनीगदे मुबा ग्‍लारी पुइखनोन तोःला भिसी ङाइ म्‍हन्‍बा मुला।