Philippians 2:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नै मात्र भलाइ खोजेर तिमीहरू केही नगर। तिमीहरूले फोस्रो घमण्डको निम्ति पनि केही नगर। एक-अर्काप्रति नम्र बन र अरूहरू आफूभन्दा राम्रा छन् भनी सम्झ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वार्थी आकांक्षा वा व्यर्थको अहङ्कारमा केही नगर, तर नम्रतामा एक-अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।
Nepali ERV (पवित्र बाइबल)
जब केही कुरो गर्छौ, स्वार्थ वा मूर्खताको गर्वमा नगर। नम्र होऊ र आफूलाई भन्दा अरू अझ सम्मान योग्य भएको मान।
Nepali Tamang 2011
ओच्छे ह्राङला जे ग्याम च्यासी गे लबादेन ह्राङ जे घ्रेन भिसी थाम्हन्गो। तर ह्राङ भन्दा स्य्हान्दोदा घ्रेन म्हन्सी सोजो तसी चिउ।