Philippians 3:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आखिरमा दाजुभाइहरू, प्रभुको आनन्‍द तिमीहरूमा रहोस्। मैले नै लेखिसकेको कुरा घरीघरी दोहोर्‍याएर लेख्‍न झिँजो मान्‍दिनँ, यसले तिमीहरूलाई राम्रै गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍त्‍यमा भाइ हो, प्रभुमा आनन्‍दित होओ। तिमीहरूलाई त्‍यही कुराहरू लेखिरहनु मलाई झर्को लाग्‍दैन, अनि त्‍यो तिमीहरूका सुरक्षाको निम्‍ति हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चाहे जेसुकै होस्, मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुमा आनन्द गर। तिमीहरूलाई फेरि पनि त्यही कुराहरू नै लेख्न मलाई झर्को लाग्दैन, र यो त तिमीहरूका सुरक्षाको निम्ति हो।
Nepali ERV (पवित्र बाइबल)
अनि अब मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू! प्रभुमा आनन्दित होऊ। जब यसले तिमीहरूलाई अझ सुरक्षित राख्नेछ त्यही कुरो घरी घरी लेखिरहनु मलाई केही कष्ट लाग्दैन।
Nepali Tamang 2011
दाहेन्‍से ज्‍योज्‍यो आले नाना आङागदे, प्रभुदेन गिक तबासे लमा एनीगदे ताङ्‍गो। एनीगदेला लागिरी ताम गिकनोन घरिघरि भ्रितोःसै ङा छेर्बा आरे। तिग्‍दा भिसम चु एनीगदेलान विश्‍वास जोगब लबाला लागिरी हिन्‍ना।