Philippians 3:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले सबै थोक पाएँ अनि म सिद्ध भएको छु, म भन्‍दिनँ। मैले यस इनाम पाउन बल गरिरहेको छु, जसको लागि ख्रीष्‍ट येशूले मलाई अघि नै आफ्‍नो पारिसक्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले यी सबै अघिबाटै प्राप्‍त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्‍ति म अघि बढ़िरहेको छु जुन कुराको निम्‍ति ख्रीष्‍टले मलाई पक्रनुभयो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले यी सबै कुरा प्राप्‍त गरिसकेको छैनँ, अथवा म लक्ष्यमा पुगेको पनि छैनँ; तर ख्रीष्‍ट येशूले जे कुराको निम्ति मलाई पक्रनुभयो; त्यही कुरा पक्रन सकूँ भनी म अगाडि बढिरहेको छु।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मलाई चाहे जस्तै म भइसकेको छु भन्ने मेरो भनाई होइन। म त्यस लक्ष्यमा पुग्न सकेको छैन। तर त्यहाँ पुग्नु र लक्ष्य हासिल गर्न म निरन्तर चेष्टा चलाई रहेकोछु। ख्रीष्टले पनि त्यही चहानु हुन्छ र मलाई उहाँको आफ्नु बनाउनु भयो।
Nepali Tamang 2011
ङाइ जम्‍मान ताम याङ्सी पूरान पाको म्‍हि दोबा मुला भिसी पाङ्‌बारी छ्‌याइबा आहिन। तर चु जम्‍मान ताम याङ्बाला लागिरी ङाइ अझ भङ लबान मुला। तिग्‍दा भिसम ख्रीष्‍ट येशूसे चुलान लागिरी ङादा ङाच्‍छान धम्‍बा मुला।