Philippians 3:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू, यो पाइसकेको छु जस्‍तो त मलाई लाग्‍दैन तर एउटा कामचाहिँ गर्छु, त्‍योचाहिँ पछाडिका कुराहरूलाई बिर्सेर अगाडि भएको कुरा पाउन म कोसिस गर्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्‍दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्‍कँदै
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, यी सबै कुरा मैले पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा कुरा गर्दछु: पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर अगि बढ्ने प्रयत्न गर्दैछु;
Nepali ERV (पवित्र बाइबल)
दाज्यु-भाइ, दिदी-बहिनीहरू म जान्दछु, म अझै त्यस लक्ष्यमा पुगेको छैन। तर एउटा कुरा जुन म सँधै गर्छु, त्यो होः म बितेको कुरा भुलिदिन्छु अनि आफ्नो अघिल्तिरकै लक्ष्यमा पुग्न म सक्दो कोशिश गर्छु।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, चु जम्‍मान तामगदे याङ्सी जिन्‍जी भिसी ङाइ म्‍हन्‍बा आरे। तर गे गिक चा ङाइ लबा मुला। थे गे चा तिग हिन्‍ना भिसम ङाच्‍छाला तामगदेदा म्‍लेःसी लिच्‍छाला तामगदेदा जे च्‍यासी ङा भ्रबान मुला।