Philippians 3:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी आत्मामा पूरा बढेकाहरू जतिले यस्तै विचार गर्नुपर्छ। कसैकसैमा बेग्लै विचार छ भने परमेश्वरले नै तिमीहरूलाई बुझाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी परिपक्व हुनेहरूचाहिँ सबै यस्तै मनका होऔं, र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्वरले तिमीहरूलाई त्यो पनि प्रकट गरिदिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामी सबै जति जना परिपक्व छौँ, यस्तै कुराहरूको विचार गरौँ; अनि यदि कुनै कुरामा तिमीहरूले भिन्दै प्रकारले सोच्छौ भने त्यो पनि परमेश्वरले तिमीहरूलाई स्पष्ट पारिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
हामी जो आत्मिक पाको भएका छौं सबैले यस प्रकारले नै सोच्नु पर्छ। अनि यदि केही विषयमा तिम्रो विचारसित नमिल्ने कति यस्तो भिन्दै प्रकारले सोच्छ भने परमेश्वरले उसलाई स्पष्ट पारिदिनु हुनेछ।
Nepali Tamang 2011
य्हाङ आत्मारी पाको तबागदे जम्मासेन चुह्रङ्बान सेम थोतोःला। एनीगदेसे कोइ कोइ तामला बारेरी चा अर्गु सेम थोबा मुसम परमेश्वरसे एनीगदेदा घोना लला।