Philippians 3:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिमीहरूलाई धेरै चोटि भनिसकेको छु, अहिले पनि ठूलो दु:खसाथ भन्‍दछु, धेरै मानिसहरू ख्रीष्‍टको क्रूसको शत्रु नै भएर हिंड्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले धेरै पल्‍ट बताएका मानिसहरूका बारेमा फेरि पनि म तिमीहरूलाई रुँदै भन्‍दछु कि तिनीहरू ख्रीष्‍टका क्रूसका शत्रुहरूजस्‍तै जीवन बिताउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मैले तिमीहरूलाई धेरै पल्ट भनेको छु; अनि अहिले फेरि पनि आँसुको साथ भन्दछु, धेरै मानिसहरू ख्रीष्‍टको क्रूसको शत्रुहरूजस्तै गरी जीवन जिउँछन्।
Nepali ERV (पवित्र बाइबल)
धेरै मानिसहरू ख्रीष्टको क्रूसको शत्रु जस्ता भएर बाँचेका छन्। मैले त्यस्ता मानिसहरूको बारेमा बारम्बार भन्दै आएको छु अनि अहिले पनि म आँसु खसाउँदै तिनीहरूका बारेमा भनिरहेछु।
Nepali Tamang 2011
ख्रीष्‍टसे क्रुसरी सिसी तिग लजी भिसी भ्रबा म्‍हिगदेला बारेरी ङाइ एनीगदेदा ल्‍हानान रेम पाङ्सी जिन्‍बा मुला। दान्‍देनोन ङाइ ङाला मी नाङ मीख्‍ली थोसी एनीगदेदा पाङ्बा मुला।