Philippians 4:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा प्यारा भाइहरू, तिमीहरू नै मेरो लागि कति प्यारा छौ। म तिमीहरूलाई कति सम्झिरहन्छु। तिमीहरूले मलाई खुसी बनाएका छौ र म तिमीहरूमा गर्व गर्छु। मेरा प्यारा भाइहरू, यसरी नै तिमीहरू प्रभुमा दिगो भइरहो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण मेरा भाइहरू, म तिमीहरूलाई माया गर्दछु, र तिमीहरूको चाहना गर्दछु, तिमीहरू मेरा आनन्द र मुकुट हौ। मेरा प्रियहरू, यसरी नै प्रभुमा स्थिर रहो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई प्रेम गर्दछु र तिमीहरूको चाहना गर्दछु। तिमीहरू नै मेरो आनन्द र मुकुट हौ। हे मेरा प्रिय मित्रहरू, यसरी नै प्रभुमा स्थिर रहो।
Nepali ERV (पवित्र बाइबल)
मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू, म तिमीहरूलाई माया गर्छु र भेट्न चाहन्छु। तिमीहरूले मलाई खुशी पारयौ अनि तिमीहरूमाथि र्गवित तुल्यायौ । मैले सिकाए जस्तै प्रभुलाई पछ्याउन नछोड।
Nepali Tamang 2011
थेतबासेलमा ङाला ज्योज्यो आले नाना आङागदे, एनीगदेदा ङाइ माया लसी ल्हानान ढन्बा मुला। एनीगदेसे लमान ङा ल्हानान ताङ्म्याङ्बा मुला, ओच्छे ङाइ याङ्बा इनाम भिबान एनीगदे हिन्ना। थेतबासेलमा ङाला ह्रोगदे, एनीगदे सदन चुह्रङ् लसीन प्रभुदेन छ्याम गिक तसी चिउ।
Recommended Reading