Philippians 4:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुमा म धेरै खुसी छु। धेरै समयपछि फेरि मेरो याद गर्ने मौका पायौ। यो भन्नुको मतलब मेरो याद गरेनौ भनेको होइन तर याद गर्ने मौका पाएका थिएनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म प्रभुमा साह्रै आनन्दित छु, कि अब धेरै दिनपछि मप्रति तिमीहरूको वास्ता फेरि पलाएको छ। तिमीहरू साँच्चै मेरो निम्ति चिन्तित थियौ, तर तिमीहरूलाई मौका मिलेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुमा म अत्यन्तै आनन्दित छु; किनकि अन्त्यमा तिमीहरूको वास्ता मप्रति फेरि पलाएको छ, वास्तवमा तिमीहरूले मेरो वास्ता गर्दथ्यौ, तर तिमीहरूले त्यो देखाउने मौका पाएका थिएनौ।
Nepali ERV (पवित्र बाइबल)
प्रभुमा म खुबै प्रसन्न छु कि म प्रति तिमीहरूले फेरि चासो देखायौ। वास्तवमा तिमीहरूको चासो त थियो तर देखाउने मौका पाएका थिएनौ।
Nepali Tamang 2011
एनीगदेसे ल्हानान धिन लिच्छा ङादा दोःसी ढन्बासे लमा ङा प्रभुदेन छ्याम ल्हानान ताङ्बा मुला। ङाला लागिरी एनीगदेसे ल्हानान सुर्दा लबा मुबा। तर एनीगदेसे ङादा पिन्बारी मौका आयाङ्नी।